एजेन्सी । फ्रान्सका विभिन्न स्थानमा लागेको डढेलोका घटनामा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाट ५९ जनालाई नियन्त्रणमा लिएको छ । फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले सोमवार यसबारे जानकारी दिएका हुन् । फ्रान्सेली टेलिभिजन च्यानल ‘फ्रान्स २’ सँग कुराकानी गर्दै मन्त्री नुनेजले पेरिसको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने सेइन–एट–मार्न विभागस्थित फोन्टेनब्लो वनमा ‘नियतवश वा दुर्घटनावश’ आगो लगाएको आशंकामा