चितवनमा २४ घण्टामै २६९ मिमि वर्षा, पहिरो र डुबानले जनजीवन प्रभावित

  • मङगलबार ३० असार २०८३ ०५:०८ AM
काठमाडौं । सक्रिय मनसुनका कारण आइतबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । विशेषगरी बागमती, गण्डकी र कोशी प्रदेशमा भारी वर्षासँगै पहिरो, सडक अवरोध र डुबानका घटना बढेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनको नारायणगढ क्षेत्रमा २६९ मिलिमिटर वर्षा मापन भएको छ, जुन हालसम्मकै सबैभन्दा