काठमाडौं : फिफा विश्वकप २०२६ को खेलहरू अब सकिन लागेको छ। सेमिफाइनल र फाइनलका खेलहरू बाँकी हुँदा यी टिमहरूले विश्वकपको उपाधि जितेमा कति पुरस्कार पाउँछन् भन्ने ठूलो चासोको विषय बनेको छ। यसमा फिफाले धेरैवटा विधा छुट्याएर पुरस्कार वितरण गर्ने गर्छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको थियो। यो पटकको विश्वकप विजेताले भने योभन्दा बढी रकम पाउने फिफाले जनाएको छ। विश्वकप २०२२ को सफलता पछि फिफाले गत अप्रिलमा २०२६ को विश्वकपमा पुरस्कार रकम बढाउने सहमति भएको