काठमाण्डु – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाण्डु बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् । साइबर ब्यूरो भोटाहिटी काठमाण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरेको हो