दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त, परिणाममुखी काम गर्न मन्त्रीको निर्देशन

  • सोमबार २९ असार २०८३ ०१:५६ PM
काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई अध्यक्षमा नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले सोमबारै पद तथा गोपनीयताको शपथसमेत लिएका