काठमाडौं : नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘फास्ट डेलिभरी’ सेवा प्रारम्भ गरेको छ। यस नयाँ देशव्यापी सेवाअन्तर्गत योग्य सामानहरू खरिदकर्ता र विक्रेतालाई कुनै अतिरिक्त शुल्क नलिई पहिला भन्दा छिटो अर्डर डेलिभरी गरिनेछ।असार २६ गते नेपालमा सुरु गरिएको ‘फास्ट डेलिभरी’ सेवाले अनलाइन किनमेलको अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा नेपालको बढ्दो ई–कमर्स व्यवसायलाई थप सुदृढ बनाउने दराजको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। विक्रेताको उत्कृष्ट अर्डर व्यवस्थापन क्षम