सार्वजनिक वित्त उपसमितिद्वारा विमानस्थलको अध्यागमन र भन्सार कार्यालय अनुगमन

  • सोमबार २९ असार २०८३ १२:४१ PM
काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सार्वजनिक वित्त उपसमितिले सोमबार संयोजक सांसद सुशील खड्काको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा उपसमितिले अध्यागमन तथा भन्सार प्रशासनको सेवा प्रवाह, सूचना प्रविधिको प्रयोग, राजस्व व्यवस्थापन, यात्रु तथा विदेशी पर्यटकले भोगिरहेका समस्या, व्यापार सहजीकरण, विमानस्थलभित्र सञ्चालित क्याफे