अमेरिकी नागरिक तथा संस्कृतिविद् डा.आना एम सिस्टरद्वारा भानु जयन्तीमा नेपाली श्लोक वाचन सबैको ध्यान खिचेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा.सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गर्दै नेपाली भाषा सिक्दाको अनुभव समेत साटेकी थिइन् । नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएकी संस्कृतिविद् सिस्टरले नेपालीमै मन्तव्य राख्नुका साथै