काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको शव अन्त्येष्टिका लागि सोमबार पशुपतिको आर्यघाट लगिएको छ।सरकार,काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो। सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो।यसअघि गणेश नेपालीको मृत्युपछि परिवारले निष्पक्ष छानबिन,दोषीमाथि कारबाही,मृतककी श्रीमतीको रोजगारी,छोरीको शिक्षाको सुनिश्चितता तथा उचित राहतको व्यवस