कर्णाली राजमार्गको गगने खोलामा पुनः अवरुद्ध

  • सोमबार २९ असार २०८३ १०:२० AM
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ । आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले