काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५ मा शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिकाका वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार बुढाथोकीले असार २७ गते बिहान पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका