२५ वर्षे ‘भिजन २०५०’ तयार गर्दै राष्ट्रिय योजना आयोग

  • सोमबार २९ असार २०८३ ०९:०५ AM
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने तयारी गरेको छ । आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगको आगामी आर्थिक वर्षको कार्य योजनामै आगामी २५ वर्षको राष्ट्रिय दृष्टिकोण समेटिएको जानकारी दिए । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले ‘भिजन २०५०’ अवधारणाले