सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

  • सोमबार २९ असार २०८३ ०८:२२ AM
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएपछि विभागले प्रदान गर्दै आएका केही सेवा अस्थायी रूपमा बन्द भएका छन् । विभागले सोमबार सूचना जारी गर्दै लाइसेन्स वितरण, सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा, दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरणलगायतका सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ । विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार आर्थिक वर्षको