सस्तोमा डलर साट्ने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने एक जना पक्राउ

  • सोमबार २९ असार २०८३ १०:०१ AM
धादिङ :अमेरिकी डलर सस्तोमा साटिदिने र ठूलो नाफा हुने प्रलोभन देखाएर एक वृद्ध सुनचाँदी व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पीडितबाट ११ लाख ७५ हजार रुपैयाँ नगद र डेढ तोला सुनका गहना ठगी गरेको आरोपमा बुद्धि बहादुर योञ्जन पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ६९ वर्षीय सुनचाँदी व्यवसायी थमान सिंह विश्वकर्मालाई योजनाबद्ध रूपमा फोन गरेर ठगी गरिएको हो। अभियुक्तहरूले ६५ हजार अमेरिकी डलर सस्तोमा साट्न सकिने भन्दै उनलाई