काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार 'रोङ बियर ना लात फ्राओ' मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।अग्निनियन्त्रकहरूका अनुसार सोमबार मध्यरात (स्थानीय समय अनुसार ११:३० बजे) पछि आगलागी भएको खबर पाएलगत्तै टोली घटनास्थल