काठमाडौं । बालबालिका सम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउपर्नेमा चितवनको खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो । श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि रु ५०