कपिलवस्तु, असार २८। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनबाट प्राप्त आम्दानीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै कृषकलाई १० थान हाते ट्याक्टर वितरण गरेको छ। वनबाट उत्पादित काठ तथा दाउरा बिक्रीबाट संकलित आम्दानी प्रयोग गरी खरिद गरिएका ट्याक्टर कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो। समूहका अध्यक्ष रेशमराज बञ्जाडेका अनुसार एउटा