कपिलवस्तु, २८ असार । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवस्रोत विभागका विभागीय प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सरकारको ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन्। लुम्बिनी प्रदेशका विभिन्न सीमा नाकाहरूको स्थलगत अनुगमनका क्रममा