काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले बालेन–सुधनको अराजकता, सुकुम्वासी जनताको उठिबास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दावाद लगायतका प्लेकार्ड