काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्कालमा शनिवार आयोजित एक दिने निःशुल्क आँखा शिविरबाट २५६ जनाले सेवा लिएका छन्। सक्रिय आमा समूहको आयोजनामा तथा भिजन कन्सर्न आई क्लिनिक एन्ड अप्टिकलको सहयोगमा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको शुभारम्भ स्थानीय ९५ वर्षीय ज्येष्ठ नागरिक दम्पती गजुरेलको आँखा