सर्लाहीको हरिवन आइपुग्यो मिटरब्याज पीडितको न्याय मार्च

  • आइबार​ २८ असार २०८३ ०८:०५ AM
मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंतर्फ थालेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ। हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका उनीहरूले करिब २६ किलोमिटर दूरी पार गर्दै साँझ सर्लाहीकै लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि पुनः यात्रा सुरु गरिएको हो। पीडितहरूले चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट फर्जी तमसुक जलाएर न्याय