सरकारले सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अझ भयावह जोखिममा धकेल्याे : आङ्देम्बे

  • आइबार​ २८ असार २०८३ ०६:१७ AM
काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमबासी बस्तीबाट हटाइएका नागरिकलाई अझ भयावह जोखिममा धकेलेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै आङ्देम्बेले एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको आरोप लगाएका हुन् । उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् ।