क्यानडा : क्यानडाको टोरन्टोमा शनिबार साँझ आयोजित ‘साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सव नजिक भएको गोलीकाण्डमा दुई पुरुषको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।टोरन्टो प्रहरीका उपप्रमुख फ्र्याङ्क बरेडोका अनुसार प्रारम्भमा सक्रिय बन्दुकधारी (एक्टिभ सुटर) रहेको आशंका गरिए पनि अनुसन्धानपछि दुई व्यक्तिबीच एकअर्कालाई लक्षित गर्दै गोली हानाहान भएको पुष्टि भएको छ । प्रहरीका अनुसार राति ८ः१२ बजे सेन्ट क्लेयर एभिन्यू वेस्ट र आर्लिङ्टन एभिन्यू क्षेत्रबाट गोली चलेको सूचना प्राप्त भएको थि