बझाङ । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा शनिबार साँझ भएको जिप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । शनिबार अपराह्न ४ः३० बजे सु.प.प्र.०१–००१ च २६४४ नम्बरको जिप बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गर्दा करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको