काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाण्डुको तारकेश्वर नगरपालिका–८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने ताप्लेजुङ घर भएका