भक्तपुर-चाँगुनारायण जोड्ने पुलको पुनर्निर्माण

  • शनिबार २७ असार २०८३ ०३:०१ PM
भक्तपुर : भक्तपुरको भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने एउटा ऐतिहासिक पुलको पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका-८ पुरानो जगाती र चाँगुनारायण नगरपालिका-९ ताथली जोड्ने ऐतिहासिक पुलको पुनर्निर्माण सम्पन्न भएको हो। भक्तपुर नगरपालिकाको बजेटमा पुलको पुनर्निर्माण गरिएको हो। पुल पुनर्निर्माणका लागि ५३ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। त्यसमा ४४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जनाइएको छ। पुनर्निर्माण सम्पन्न ऐतिहासिक महत्व बोकेको पुरानो जगाती पुलको शनिबार एक विशेष समारो