काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद् अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभामा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री बादीले महिनावारी महिला तथा किशोरीमा हुने प्राकृतिक तथा जैविक प्रक्रिया भए पनि