फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रिय स्तरको निकाय आवश्यक: गगन थापा

  • शुक्रबार​ २६ असार २०८३ ०१:३१ PM
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रिय स्तरको अधिकार सम्पन्न निकाय गठन गर्नुपर्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक