काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीलाई अथक प्रयास गरेर पनि बचाउन नसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै उनले नेपालीलाई बचाउन हरसम्भव प्रयास गरेको बताएका हुन्। उनले भने ‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले