काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय भएको जनाइएको छ ।