सभामुख अर्याल र युएईका विदेश व्यापार मन्त्रीबीच शिष्टाचार भेटवार्ता

  • शुक्रबार​ २६ असार २०८३ ०४:०० PM
काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई)का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा सभामुख अर्यालले वर्तमान संसद गठन भएपछि यूएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गरे। उनले यस भ्रमणले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गरे। उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ को जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएद