सरकार ढुङ्गाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाइ भएन: सांसद रम्तेल

  • शुक्रबार​ २६ असार २०८३ ०९:१६ AM
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुङ्गा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गरेकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले जनप्रतिनिधिहरूको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाइन् । सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरूको माग समेत अझै सुनुवाइ हुन नसकेको गुनासो समेत गरिन्