चालु आबमा लुम्बिनीमा ६७ प्रतिशत बजेट खर्च

  • शुक्रबार​ २६ असार २०८३ ०२:०० PM
दाङ : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गर्दै ६७.१८ प्रतिशत खर्च भएको देखाइएको छ  ।चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात्