धनगढी उपमहानगरबाट साउन देखि भूमि प्रशासन सेवा प्रवाह हुने

  • शुक्रबार​ २६ असार २०८३ ०१:०० PM
धनगढी : धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक भूमि प्रशासन सेवा प्रवाह सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि उपमहानगरभित्रका भूमि प्रशासन (मालपोत र नापी) का सम्पूर्ण कार्यहरू उपमहानगरपालिका आफैँले गर्ने जनाएको छ।भूमि प्रशासन सेवा प्रवाहका लागि आजदेखि उपमहानगरका २० जना कर्मचारीहरूलाई तालिम दिन सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले उपमहानगरका कर्मचारीहरूलाई ५ दिने तालिम दिन सुरु गरेको ह