कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दु:ख दिएको आरोपमा ६० जना पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ ०१:०० PM
काठमाडौं : यात्रुलाई दु:ख दिएको आरोपमा प्रहरीले काठमाडौंको कलंकी र नयाँ बसपार्क क्षेत्रका ६० जनालाई पक्राउ गरेको छ ।लामो समयदेखि पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोपमा ६० जनालाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।उनका अनुसार आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए।  पक्राउ पर्नेमा भारतीय नागरिकदेखि काठमाडौं, ललितपुर, गोरखा, रुपन्देही, नवलपुर, कैलाली, धादि