दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बिहीबार साँझ फेला परेका दुई शव आफन्तले घटनास्थलमै पुगेर सनाखत