गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

  • शुक्रबार​ २६ असार २०८३ ०३:४९ AM
मन्मा । कालीकोटको महावै गाउँपालिकामा गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरेएको छ । गाउँपालिकाले १२५ जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो । सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण शिशुलाई कुपोषण हुने तथा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पोषणयुक्त खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ