काठमाडौं : राहदानी विभागले त्रिपुरेश्वरस्थित विभाग परिसर बाहिर बिहीबार एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा ती व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको नदेखिएको उसले स्पष्टसमेत पारेको छ।विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनासम्बन्धी विभागको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार घाइते भएका व्यक्ति राहदानी/कन्सुलर सेवा लिन आएको नदेखिएको जनाएको ह