रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः कृषिमन्त्री

  • बिहीबार २५ असार २०८३ १२:०१ PM
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताएकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको