जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन विवादमा, १७७ नम्बर बुँदा सच्याउन एमालेको माग [पूर्णपाठ]

  • बिहीबार २५ असार २०८३ ११:३४ AM
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय मानवअधिकार आयोगलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी निर्णय नम्बर १७७ मा गरिएको सिफारिस सच्याउन आग्रह गरेको छ । बिहीबार एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निवेदन बुझाएका हुन् । एमालेले आयोगको उक्त सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय