काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो पछिल्लो १०० दिनको कार्यकालमा कृषि उत्पादन, वन व्यवस्थापन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव ड.राजेन्द्रप्रसाद मिश्रले १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै कार्बन व्यापारमार्फत नेपालले १ अर्ब १० करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन