संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो प्रतिनिधि

  • बिहीबार २५ असार २०८३ ०७:०६ AM
काठमाण्डु – नेकपा (एमाले)ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ । एमाले महासचिव इश्वर पोखरेलले कार्यदलका संयोजक डा. भीष्म अधिकारीलाई पत्र पठाउँदै कार्यदलबाट फिर्ता बोलाएका हुन् । कार्यदलको कामकारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको