काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सभामुख र श्रीवास्तवबीच बिहीबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो। उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा आधा घण्टा छलफल भएको थियो।