काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट पुण्यराम लगेजु महासचिव पदका उम्मेदवार बनेका छन्। परिषद्को हालका सचिव रहेका लगेजुले यसअघि कोषाध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। परिषद्मा विभिन्न जिम्मेवारी सम्हाल्दै आर्जन गरेको अनुभवलाई संस्थाको थप सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन्। लगेजुले परिषद्को संस्थागत विकास, व्यवसायीका हकहितको संरक्षण तथा ठमेलको पर्यटन प्रवर्द्धनका लागि आफूले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी कार्यकालमा महासचिवका रूपमा परिषद्को प्रशासनिक तथा संस्थागत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य ... The post महासचिवका उम्मेदवार पुण्यराम लगेजुले अघि सारे सुशासन, पारदर्शिता र व्यवसायी हितका एजेन्डा appeared first on Kalika Khabar.