काठमाण्डु – नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो औपचारिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दैछ । सभापति गगनकुमार थापाले संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयमा पार्टीको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् । दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रम कांग्रेसले अवधारणापत्र सार्वजनिक गर्नेछ । कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन