कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  • बिहीबार २५ असार २०८३ ०१:२० AM
कञ्चनपुर । कञ्चनपुरलाई आज ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौवटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला खोप सुनिश्चितता समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा