अर्जेन्टिना फुटबल संघमाथि अमेरिकाको एफबीआईले किन गर्दैछ अनुसन्धान?

  • बुधबार २४ असार २०८३ ०७:०० PM
काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधि रक्षा गर्ने तयारी गरिरहेका बेला अर्जेन्टिना फुटबल संघ (एएफए)माथि अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले  अनुसन्धान सुरू गरेको छ।अर्जेन्टिनी दैनिक ला नासियोनको अनुसन्धानात्मक रिपोर्टअनुसार एफबीआईले अमेरिकाभित्र एएफएको व्यावसायिक तथा प्रायोजनसम्बन्धी आर्थिक कारोबारमाथि प्रारम्भिक अनुसन्धान थालेको हो। अनुसन्धानमा वित्तीय ठगी, कर छली तथा सम्पत्ति शुद्धीकरणको आशंकालाई केन्द्रमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।रिपोर्टका अनुसार