धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गर्ने आरोपमा प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार विशेष सूचनाका आधारमा गए राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट