प्रतिनिधिसभाका सांसदहरूले भूमिहीन तथा सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टिआरसी) प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी नागरिकको उचित व्यवस्थापन, मानव अधिकार संरक्षण तथा पीडितलाई न्याय दिलाउने विषयमा जोड दिएका हुन् ।