सिंहदरबारमा आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका सेवाग्राही र कर्मचारीलाई ह्वीलचियर र सहजकर्ताको व्यवस्था

  • बुधबार २४ असार २०८३ ०२:०१ PM
काठमाडौं : सिंहदरबारभित्रका सरकारी कार्यालयमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको जनाएको छ। सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका